अवैध संरचनामाथि वीरगञ्ज महानगरले चलायो डोजर

२०७९ फाल्गुन १६, मंगलवार ११:२९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माइराम पोखरी क्षेत्रमा बनेका अवैध भौतिक संरचनामाथि डोजर चलाएको छ ।

महानगरको सूचनालाई अटेर गरी नहटाइएको भौतिक संरचनामाथि डोजर चलाएको महानगरले जनाएको छ । महानगरले माइराम पोखरी क्षेत्रमा रहेका अवैध संरचना हटाउन सम्बन्धित पक्षलाई सूचनामार्फत आग्रह गरेको थियो ।

तर महानगरको निर्देशनलाई अटेर गरेपछि आज बाध्य भएर डोजर चलाउनु परेको महानगरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार