भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलको इँटाभट्टामा पोल्नका लागि तयार पारिएको इँटा । भक्तपुरका विभिन्न क्षेत्रमा दर्जनौं इँटा उद्योगहरु रहेका छन् ।
यहाँका उद्योगमा काम गर्न नेपालका विभिन्न जिल्ला र भारतबाट समेत मजदुरहरु आउने गरेका छन् । कतिपय इँटाभट्टामा बाल मजदुरहरु समेत रहेको पाइएको छ । तर, विगत वर्षहरुको तुलनामा अहिले इँट्टा भट्टाहरुमा मजदुरको संख्या कम रहेको उद्योगीहरु बताउँछन् । तस्वीर: चन्द्रकला क्षेत्री