काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएको छ। बिहीबार दिउँसो ३:०० बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ। यसैगरी सरकारको कार्यसम्पादन, सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत र राष्ट्रपति निर्वाचन लगायतका एजेन्डामा समेत छलफल हुने बताइएको छ।