सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा माइतीघरमा प्रदर्शन

२०७९ माघ २१, शनिबार १०:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको भन्दै शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । युवाहरुको एक समूहले नेपाल क्रिकेट संघ क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आशयका नारा लेखेको प्लेकार्ड बोकेका थिए । एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार