तत्काल कसैलाई गृहमन्त्री बनाउन्न : प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७, मंगलवार ०९:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाउने बताएका छन् । आज पेरिसडाँडामा भएको नेकपा माओावदी केन्द्को पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाउने बताएका हुन् । माओवादीका केही नेताहरूले पनि तत्काल कसैलाई गृहमन्त्री नबनाउन सुझाव दिएका थिए।

‘अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भयो’ बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग भने, ‘अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्री आफुलेपाउनुपर्ने अडानमा छ। फरक प्रसंगमा महराले राष्ट्रपति राष्ट्रिय सहमतिअनुसार नै बनाइने बताएका छन्। गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो। रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुनस् कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन। लामिछानेले आइतबार नेपाली नागरिकता पुनस् कायम गरिसकेका छन्।

लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन। पूर्णपाठ आइसकेपछि मात्रै गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल हुने माओवादीका नेताहरू बताउँछन्। माओवादीले पार्टीले महत्वपूर्ण मन्त्रालय नलिएको भन्दै गृहमन्त्री अरूलाई नछाड्न प्रधानमन्त्री प्रचण्डलाई दवाव दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार