काठमाडौं,१ माघ। नेकपा माओवादी केन्द्रले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले स्तब्ध बनाएको भन्दै ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा शोक वक्तव्य जारी गर्दै घाइतेहरूको तत्काल उद्धार गरि उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।
साथसाथै, मृतकका परिवार तथा घाइतेहरूलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गरेको छ । ‘पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी छ,’वक्तव्यमा उल्लेख गरिएको छ ।