गरिमा क्यापिटलद्धारा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ सहायताकक्ष सञ्चालन

२०७९ पुष २८, बिहीबार ०८:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २८ पुस । गरिमा क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष सञ्चालनमा ल्याएको छ ।

धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन)निर्देशिका – २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागी छुट्टयाइने भएको छ।

साथै, गरिमा क्यापिटल लिमिटेडले ग्राहक महानुभावहरुको हितलाई मध्यनजर राख्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहजीकरणका लागि उक्त विषय बारे जानकारीे प्रदान गर्न सहायताकक्ष संचालनमा ल्याएको हो ।

१.बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि
२.डिम्याटरहितग्राही/ मेरोशेयर खाता खोल्नको लागि
३.बैंकबाट सिआर एन नम्बर लिनको लागि
४. सार्वजनिक निष्काशनमा आइ. पी. ओ. आवेदन दिनको लागि
५. लगानी व्यवस्थापन सेवा (पि. एम. यस.) सम्बन्धि जानकारीे प्रदान गर्न  सकीन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार