गरिमा विकास बैंकको १६ औं साधारण सभा सम्पन्न

२०७९ पुष २२, शुक्रबार १९:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,२२ पुस । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु.चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक उनानब्बे पैसा (४,५९,०८,७३,५०१.८९) को १३ प्रतिशत बराबर बोनस शेयर बापत रु.उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न पच्चीस पैसा (५९,६८,१३,५५५.२५) र १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) रु. छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई त्रीपन्न पैसा (६,८८,६३,१०२.५३) गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु.अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र  अठहत्तर पैसा (६६,५६,७६,६५७.७८ ) लाभांस प्रस्ताव पारित भएको छ ।बैंकको चुक्ता पुजीँ रु पाँच अर्ब अठार करोड छेहत्तर लाख सतासी हजार सन्ताउन्न रुपैया चौध पैसा (५,१८,७६,८७,०५७.१४) पुग्ने छ ।

त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार