कल्पना भट्टराई बस्याल
काठमाडौँ, ११ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेड र गुरु ट्राभल्स बीचआज सम्झौताभएको छ । मुक्तिनाथ बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।