गरिमा बिकास बैंककाे वैदेशिक रोजगार आइ पि ओ खाता सञ्चालनमा

२०७९ पुष ४, सोमबार १३:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल
काठमाडौं ,४ पुस । गरिमा बिकास बैंक लिमिटेडले वैदेशिक रोजगार आइ पि ओ खाता सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक बाट ख वर्गको इजाजतपत्र प्राप्त यस बैंक ले बैदेशिक रोजगारमा रहनुहुने नेपालिहरुलाई बैकिङ एवम शेयर मार्केट सम्म पहुँच पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार खाताको सुरुवात गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनानुसार प्राथमिक शेयर निष्काशन आई पि ओ जारि गर्ने सस्थाले १०% शेयर बैदेशिक रोजगारमा रहनुहुने नेपालिहरुका लागि छ्ट्याउनुपर्ने व्यवस्था अनुसार आवश्यक पर्ने सिआस्वा सुविधा दिनका लागि बैंकले विशेषत या खाता सञ्चालनमा ल्याएको सस्थागत मामिला प्रमुख भोला प्रसाद तिवारीले जानकारि दिनुभएको छ ।

बैदेशिक रोजगारमा रहनुहुने नेपालिहरुले सजिलै यश बैंक को आधिकारिक बेबसाइटमा उपलब्ध अनलाइन खाता खोल्न मिल्ने सुबिधा मार्फत यो खाता खोलि डिम्याट , सिआस्वा र मेरो शेयरको सुबिधा प्र ाप्त गर्न सक्नुहुनेछ । साथै बैंकमा पहिला नै बचत तथा अन्य खाता हुने गा्हकहरुले पनि सजिलेै यो खाता खोल्न मिल्ने व्यवस्था मिलाईएको छ ।

हाल, यस बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५१ एटिएम एवं विभिन्न डिजिटल बैकिङ सुविधाहरु जस्तै ः डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ र अनलाईन खाता मार्फत सरल, सुरक्षीत तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय