“श्रमिकसँग श्रम मन्त्री” कार्यक्रम पुनः सुचारु, मन्त्री कुँवरलाई आए यस्ता गुनासा

२०७९ मंसिर २५, आईतवार १६:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं , २५ मङ्सिर। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रमिकसंग श्रम मन्त्री कार्यक्रम सुचारु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेस सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुचारु गरिएको हो ।

आज विहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संचालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरुले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।

कार्यक्रममा मन्त्री कुँवरसंग प्रत्यक्ष फोनमार्फत कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकहरुले आफ्ना गुनासा, समस्या र सुझाव राख्नुभएकाे थियाे । मन्त्रीसंग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढि गुनासा र समस्याहरु राख्नुभएकाे छ । मन्त्री कुँवरसंग श्रमिकहरुले सम्झौता अनुसार विदेशमा आफुले तलव सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाउनुभएकाे थियाे ।

फोनमार्फत मन्त्री कुँवरलाई दुवई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरु बढि आएका छन् । एकजनाले श्रमिकले सुर्खेतबाट फोन गर्दै आफुलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाउनुभएकाे थियाे ।

दशजना श्रमिककै गुनासा र समस्याहरु सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपुर्व जान लागेको देश, आफुले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा ब्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिनु भयो । साथै मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरुबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिनु भएको छ । साथै कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धीत व्यक्तिलाई अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार