सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८० पुष २६, बिहीबार १२:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र तथा साधारणसभा प्रयोजनका लागि भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पुस २७ गते कारोबार नहुने, पुस २८ शनिबार भएकोले आजसम्म कायम कम्पनीहरुले मात्र घोषणा गरेको लाभांश पाउने छन् । कम्पनीको सातौँ वार्षिक साधारणसभा माघ १४ गते बोलाइएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश रहेको छ । सभाले बोनस सेयरपछि चुक्तापुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय