कुमारी बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

२०८० पुष २६, बिहीबार १२:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कुमारी बैंकले माघ महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले उक सूचना जारी गर्दै पुस महिनाको तुलनामा माघमा ब्याजदर घट्ने जनाएको हो ।

बैंकका अनुसार, माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिनेछ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिने जनाएको छ । त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय