महालक्ष्मी विकास बैंकको विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

२०८० पुष २४, मंगलवार १४:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । महालक्ष्मी विकास बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरू सम्पन्न गरेका छ।

बैंकको न्यूरोड शाखाले हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरेको छ। विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरेको बैंकले बताएको छ। न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका हुन्।

त्यसैगरी बैंकको गोंगबु शाखाले काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको छ। समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामग्री खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो।

बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार