ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त

२०८० मंसिर २१, बिहीबार १४:०० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् ।

सञ्चालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थापाले जनाएका छन् ।

उनी बैंकको कामु सीईओका रुपमा कार्यरत थिए । सीईओ श्रीचन्द्र भट्ट समय अगावै बैंकबाट बाहिरिएपछि सीईओ पद खाली भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार