काठमाडौं । एशियन पेन्ट्स नेपालले ग्राहकहरुका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स ९नुनिया० को समाधानको आवश्यकता बुझ्दै हाइड्रोलक ल्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान हो । जसले वाटरप्रुफिङ तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ।
हाइड्रोलक प्रयोग गर्न निक्कै सजिलो रहेको र यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउने भएकोले यसलाई “वाटरप्रूफिङको च्याम्पियन” को रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।