सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

२०७९ फाल्गुन २६, शुक्रबार ०७:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ‌ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार फागुन २९ गतेबाट हुँदै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकिकृत कारोबार फागुन २९ गते, सोमबारबाट सुरू हुने भएको छ । यी २ कम्पनी १००ः८० को अनुपातमा मर्ज हुन लागेका हुन् ।

यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै, दुवै कम्पनीको फागुन ११ गते सम्पन्न भएको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरिसकेका छन् । मर्जरपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।

कम्पनीको केन्द्रीय कार्यालय का।म।पा वडा–१ नक्सालमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय