मोदी इनर्जीको आईपीओ खुल्यो

२०७९ फाल्गुन २५, बिहीबार ०६:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । मोदी इनर्जीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधरण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले स्थानीय वासिन्दाका साथै वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि समेत आजैदेखि आईपीओ बिक्री खुलाएको हो ।

मोदी इनर्जीको जारी पूँजी २ अर्ब ९० करोडको १० प्रतिशतले हुन आउने सेयर स्थानीयका लागि छुट्याइएको छ । यसअनुसार स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित २९ लाख कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यसमा पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपालिका र मोदी नगरपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार