२० अर्बको रिपो राष्ट्र बैंकले जारी गर्दै

२०७९ फाल्गुन १८, बिहीबार ०६:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ।

यो रिपो चैत २ गते परिपक्क हुनेछ। राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार