काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्य बदली भएको छ ।
आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसका साथै सुदूरपश्चिम र लुम्बिनीप्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा अपरान्हतिर हावाहुरीको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।