मधेस प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्था चिन्ताजनक छः स्वास्थ्यमन्त्री सिंह

२०८० श्रावण ७, आईतवार ०६:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री बीरेन्द्र कुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्र कमजोर भएकोमा चिन्ता व्यक्त गरेका छन् । शनिबार जनकपुरधामको नवजीवन हस्पिटल प्राईभेट लिमिटेडमा क्यान्सर रोगको उपचारको शुभारम्भ गर्दै मन्त्री सिंहले नेपालको स्वास्थ्य क्षेत्रमा अधिकांश विज्ञ र वरिष्ठ चिकित्सकहरु मधेश प्रदेशकै भएतापनि मधेश प्रदेशको स्वास्थ्य अवस्था सुधार नहुनु ठूलो बिडम्बना रहेको बताए ।

उनले अब सम्पूर्ण विज्ञ तथा सरोकारवला चिकित्सकहरुसँग प्रदेशको स्वास्थ्य अवस्थाबारे छलफल गरि ठोस कदम चाल्ने मन्त्रालयको योजना रहेको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री सिंहले मधेश प्रदेशका जिल्लाहरुमा गुणस्तरहिन अस्पतालहरु किराना पसलझै खुलेको भन्दै मन्त्रालयले सरोकारवला निकायहरुसंग समन्वय गरि सम्पूर्ण अस्पताहरुको अनुगमन गर्ने योजना बनाएको पनि बताए । उनले अनुगमन गर्दा कुनै पनि अस्पताल मापदण्ड विपरीत वा मापदण्ड पूरा नभई सञ्चालन गरेको पाइए सोझै कारवाही गर्ने चेतावनी समेत दिने बताए ।

क्यान्सर रोगका विषेशज्ञ डा. अवधेश साहको अध्यक्षतामा भएको कार्यक्रममा रितेस सिंह, डा. महेश महासेठ, डा. वैद्यनाथ ठाकुर, डा. शरद यादव, अस्पतालका व्यवस्थापक अखिलेश कुमार साह लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो । उपस्थित चिकित्सक एवम अतिथिजनले रक्तदानसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय