मोटोपन घटाउने ६ सामान्य तरिका

२०८० मंसिर २३, शनिबार १२:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । मोटोपन मुलत हाम्रो खराब जीवनशैलीको कारण हुन्छ । एकातिर निस्क्रिय दिनचर्या, अर्कोतिर अस्वस्थ्यकर खानपान । फास्टफुड, चिल्लोचाप्लो, मसलेदार खानेकुराको सेवन अत्याधिक बढेको छ । हामी काम पनि बसीबसी गर्छौ ।

खेल्नका लागि पनि मैदान होइन, मोवाइल वा भिडियो गेम रोज्छौ । यता भोज, पार्टी, फेमेली गेटटुगेदर, चाडपर्व आदिको नाममा खाने संस्कृति बढ्दो छ । यहि कारण हामीलाई मोटोपनले गाँज्दैछ ।

सामान्य टिप्स

– चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा त्यागौं । सकेसम्म उसिनेको खानेकुरा सेवन गरौं । रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड खाने नगरौं ।

– एकै पटक धेरै खाने, खाना खाइसकेर सुत्ने जस्ता बानी त्यागौं । थोरै थोरै तर धेरै पटक खानेकुरा सेवन गरौं ।

– खानेकुरामा सलादको मात्रा बढी हुनुपर्छ । ताजा फलफूल सेवन गरौं । फलफूल, सलादको सेवनले मोटोपन नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

– बढिभन्दा बढि पैदल हिँड्न प्रयास गरौं । मोटोपना घटाउन कसरतको ठूलो भूमिका हुन्छ । नियमित कसरतले शरीरलाई चुस्त र स्लिम राख्छ ।

– ओखर बेस्सरी खानुपर्छ । यसले ओमेगा ३ फ्याटी एसिडको राम्रो मात्रा प्राप्त हून्छ, स्मरणशक्ति तेज रहन्छ र जवान राख्छ ।

– स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ । दहीमा प्रोबायोटिक्स हुन्छ, जुन राम्रो ब्याक्टेरिया हो । यसले शरीरको प्रतिरोधक क्षमता बढाउँछ । दैनिक एक कचौरा दही सेवन गर्नुभयो भने शरीरमा उर्जा पनि प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय