मोटरसाइकल दुर्घटना हुँदा पूर्वराष्ट्रिय खेलाडी मण्डलको मृत्यु

२०७९ फाल्गुन २५, बिहीबार ०९:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सप्तरी। सप्तरीको राजविराज नगरपालिका-११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ५० वर्षीय पूर्व खेलाडी श्याम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्यराति १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार