काठमाडौं । बंगलादेशको अक्सिजन प्लान्टमा शनिबार विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी बंगलादेशको अक्सिजन प्लान्टमा विस्फोट भएपछि केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।
दक्षिणपूर्वी बन्दरगाह सहर चटगाउँबाट ४० किलोमिटर (२५ माइल) टाढा रहेको सीताकुण्डमा रहेको प्लान्टमा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् । विष्फोट के कारणले भएको हो भन्ने खुल्न नसकेको फायर सर्भिसका एक अधिकारीले बताए । स्थानीय सरकारी अधिकारी शाहदत हुसेनले भने, “घटनास्थलबाट ६ वटा शव फेला परेका छन् । उद्धार कार्य जारी छ ।”
प्रहरी अधिकारी नयहानुल बारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, “दुई किलोमिटरसम्मको क्षेत्रलाई हल्लाउने ठूलो आवाज सुनिएको थियो ।”