न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प

२०७९ फाल्गुन २०, शनिबार १०:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहान सो टापुमा ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ ।

भूकम्पको असरबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार