मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री

२०८२ कार्तिक ९, आईतवार १०:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् गर्ने तयारी गरेकी छन् । जेनजी आन्दोलनको बलमा २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आज चार जनालाई मन्त्री नियुक्त गर्न लागेकी हुन् ।

बालुवाटार स्रोतका अनुसार खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद र सुधा शर्मा गौतम स्वास्थ्य मन्त्री बन्ने तय भएको छ । प्रधानमन्त्रीले उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् ।

चारै जनालाई आजै मन्त्रीको शपथ खुवाउने तयारी रहेको स्रोतले जानकारी दियो । यसअघि नै ओमप्रकाश आर्याल गृह, रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ उर्जा, महावीर पुन शिक्षा, मदन परियार कृषि, जगदिश खरेल सञ्चार, अनिलकुमार सिन्हा उद्योग मन्त्री नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय