सेयर बजारमा तेस्रो नेगेटिभ सर्किट ब्रेक, आजको कारोबार बन्द

२०८२ आश्विन २, बिहीबार १३:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ६ प्रतिशतले ओरालो लागेपछि दिनभरका लागि बजार बन्द भएको छ। भदौ २३ र २४ गतेको विषम परिस्थितिका कारण बन्द भएको बजार आज खुलेको थियो।
कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो। बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लाग्यो र नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बजार २० मिनेटका लागि बन्द गर्यो।
पुनः बजार खुलेपछि ११ः२३ मा नेप्से परिसूचक पाँच प्रतिशतले ओरालो लागेर दोस्रो सर्किट ब्रेक लाग्यो। यसपछि पुनः ४० मिनेटका लागि कारोबार बन्द गरियो।
तेस्रो पटक नेप्सेले १२ः०४ मा बजार खुला गर्दा नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि तेस्रो सर्किट ब्रेक लाग्यो र आजको कारोबार पूर्ण रूपमा बन्द भएको हो।
नेप्सेका अनुसार, नेप्से परिसूचक १६०।३३ अंकले ओरालो लागेर दुई हजार पाँच सय ११।९१ मा सीमित भएको छ। सीमित समयमा कूल ७२ करोड ८७ लाख दुई हजार ८३० बराबरको कारोबार भएको छ। बजारमा आएको यो ठूलो गिरावटले लगानीकर्ताहरूमा चिन्ता बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय