
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।
पद ग्रहण गरे लगत्तै उनले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०–१० लाख दिने निर्णय गरेकी छन्।
पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरेकी हुन् ।