सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९, बिहीबार १४:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले सूचीकरण हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । तर मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन।

सरकारले गरेको यो निर्णय दूरसञ्चार प्राधिकरणमार्फत आजै कार्यान्वयन हुने भनिएको छ।

सरकारले यस्तो निर्णय लिँदा सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न’ भनिएको छ।

नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायत सामाजिक सञ्जाललाई दर्ता गर्न दिएको सात दिनको समयसीमा बुधबार मध्यराति सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार