
काठमाडौं । शुक्रबार एकैदिन सुनको मुल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो बिहीबार १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।
यसअघि वैशाख ९ गते सुनको मुल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।