विदेश पढ्न जान चाहाने विद्यार्थीका लागि आर्या एकेडेमीले विशेष कार्यक्रम गर्दै

२०८२ जेष्ठ २२, बुधबार १७:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । अध्ययनका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै आर्या एकेडेमीले यही जेठ २५ र २६ गते (आईतबार र सोमबार) ‘Abroad Study Information Session’ आयोजना गर्ने भएको छ। कक्षा १२ को परीक्षा सकेर बसेका विद्यार्थीहरुलाई लक्षित गरी चावहिलस्थित आफ्नै कार्यालयमा कार्यक्रम आयाेजना गर्न लागिएकाे हाे ।

कार्यक्रम विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममार्फत Australia, UK, USA, New Zealand, Ireland, Germany, France, Italy, Canada, Japan र Korea जाने प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरिनेछ। कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालय तथा विद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने एकेडेमीले जनाएकाे छ ।

आर्या एकेडेमीका सञ्चालक विज्ञान दाहालका अनुसार १० भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुनेछन्। इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेका देश, विषय तथा विश्वविद्यालय छनोटका विषयमा जानकारी लिन सक्नेछन्। साथै, छात्रवृत्ति, जीवन बीमा, आवश्यक लागत, लगानी, भिसा प्रक्रिया, शैक्षिक ऋण, इन्स्योरेन्स, र अन्तर्राष्ट्रिय नीतिका विषयमा समेत परामर्श लिन सक्ने उनले बताए ।

कार्यक्रमका संयोजक किरण न्यौपाने अहिलेकाे समयमा पारदर्शीता र आधिकारिकता महत्वपूर्ण भएकोले विश्वविद्यालयको प्रत्यक्ष प्रतिनिधिहरूसँग विद्यार्थीलाई जोड्ने प्रयास स्वरूप यो सत्र आयोजना गरिएकाे बताउँछन् । उनका अनुसार बैंक, इन्स्योरेन्स कम्पनी र विश्वविद्यालय प्रतिनिधिहरुको संयुक्त सहभागिता रहने हुँदा विद्यार्थीलाई सबै सेवा एउटै छानामुनि उपलब्ध हुनेछ।

IELTS वा PTE परीक्षा बुकिङ गर्ने विद्यार्थीहरूले क्रमशः पाँच हजार र दुई हजार रुपैयाँको क्यासब्याक पाउनेछन्। त्यसैगरी, उपस्थित मध्ये भाग्यशाली ३० भन्दा बढी विद्यार्थीहरूले भिसा प्राप्त भएपछि हवाई टिकटमा ५ देखि २५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

२ जना विद्यार्थीले बैंकिङ ऋणको सेवा शुल्कमा ५०प्रतिशत छुट पाउने अवसर पाउनेछन् । विसं २०७६ मा स्थापना भएको आर्या एकेडेमीले हालसम्म सयौं विद्यार्थीहरूलाई वैदेशिक अध्ययनमा सहायता पुर्याउँदै आएको छ। IELTS, PTE, SAT तयारीमा समेत अग्रणी मानिएको यस संस्थामा British Council बाट मान्यता प्राप्त प्रशिक्षक चैतन्य खरेलजस्ता अनुभवी शिक्षक तथा करिब १० वर्षको परामर्श अनुभव भएका किरण न्यौपानेजस्ता सल्लाहकार कार्यरत छन्।

वैदेशिक अध्ययनको योजनामा जुटिरहेका विद्यार्थीहरूका लागि यो सूचना सत्र जानकारीमूलक मात्र नभई भविष्यको गन्तव्य छनोटका लागि मार्गदर्शक हुने विश्वास आयोजककाे छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय