प्रहरीले चलायो सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा बस

२०८२ जेष्ठ २०, सोमबार १२:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए । आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् ।

यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ । यसले सर्वसाधारण मर्कामा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय