सुनको भाउ निरन्तर अकालो लाग्दै, कति पुग्यो तोलाको ?

२०८२ बैशाख २५, बिहीबार १२:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिक उकालो लाग्न थालेको छ । बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुन आज बिहीबार ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार भने तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय