
काठमाडौं । पोखराबाट आज दिउसो राजा काठमाडौं फर्कने कुराले काठमाडौंमा राजावादीको चहलपहल बढेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भने पोखरा गएका छन् । लामिछाने आफ्नो मुद्धाको दोस्रो तारिख बुझ्नका लागि आज कास्की जान लागेका हुन् ।
उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने लामिछानेको सचिवालयले जनाएको छ । लामिछाने कास्कीबाट सिधै रुपन्देही जानेछन् । भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन् ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन् । काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन् । पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।