नेपाललाई सफल देश नै मान्नुपर्छ : डा.मोनालिसा अधिकारी

२०८१ फाल्गुन २३, शुक्रबार १३:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रोफेसर डा.मोनालिसा अधिकारीले नेपाललाई अन्य देशको तुलनामा सफल शान्तिप्क्रिया पुरा गरेको देश मान्नुपर्ने बताएकी छन् । स्कटल्याण्डस्थित स्टर्लिङ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीतिकी एसोसिएट प्रोफेसर रहेकी डा.अधिकारीले एक पोडकाष्टमा मार्फत यस्तो बताएकी हुन् ।

‘समग्रमा हेर्नुपर्दा नेपाललाई सफल मान्नुपर्ने देखिन्छ ।’ उनले भनिन् ‘हामीले राम्रो काम गरेर होईनकी अरुले हामीले जति पनि काम नगरेको हुनाले नेपाललाई सफल नै मानिन्छ । नेपालको एउटै शान्ति प्रक्रियाले धेरै परिवर्तन ल्यायो । जस्तै हिन्दु राज्यबाट धर्मनिरपेक्षता,राजतन्त्रबाट लोकतन्त्र तथा काठमाडौं केन्द्रित सेवा देशव्यापी भयो ।’ उनले अन्य देशमा पनि प्रयास त भए तर नेपाल जस्तो सफल हुन नसकेको बताएकी हुन् ।

डा। मोनालिसा अधिकारी भूराजनीति एवं बद्लिंदो विश्व व्यवस्थाकी अध्येता हुन् । उनी स्कटल्याण्डस्थित स्टर्लिङ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीतिकी एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छिन । यसअघि उनी कील विश्वविद्यालयमा अध्यापन गर्थिन् । अधिकारीको अनुसन्धान भारत र चीनको विदेश नीति, शान्ति स्थापनाका अभ्यासहरू, उदाउँदै गरेका शक्तिहरू आदिमा केन्द्रित छ। उनले भारत, चीन, जापान, म्यानमार र नेपालमा फिल्डवर्क गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय