सञ्जिवनी हस्पिटल निर्माण कार्य अन्तिम चरणमा, नयाँ वर्षबाट सेवा दिने तयारी

२०८१ फाल्गुन १, बिहीबार १७:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । प्रतिष्ठित मेडिकल व्यवसायी खुमा अर्यालद्धारा निर्मित सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत असोजमै निर्माणको काम सक्ने भनिएपनि विविध कारणले गर्दा ६ महिना समय म्याद थप गरिएको थियो । ८२ सालको सुरुवातबाटै स्वास्थ्य सेवा उपलब्ध हुनेगरी काम भईरहेको निर्माण पक्षले जनाएको छ ।

३ अर्ब बढीको लगानीमा पाँच सय शैया क्षमताको निर्माणाधिन यस हस्पिटलको काम दुई चरणमा पुरा हुनेछ । पहिलो चरणमा ९ ओटा भवनहरु ३ तलाको मात्रै बन्नेछन् भने हस्पिटल सञ्चालनमा आएको ३ वर्षपछि प्रत्यक भवनमा २ तला थप गरेर प्रत्यक भवन ५÷५ तलाको बन्नेछन् ।

लुम्बीनी प्रदेशका पहाडी जिल्लाहरु दाङ सहित रोल्पा, प्युठान, रुकुम पुर्व पश्चिम, सल्यान तथा कपिबस्तुका केही भेगका मानिसहरुलाई सस्तो, शुलभ र गुणस्तरिय उपचार सेवा दिनका लागि दाङमा नयाँ हस्पिटल निर्माण गरिएको खुमा अर्याल फाउण्डेशनका अध्ययक्ष खुमा अर्यालले जानकारी दिए ।

उनका अनुसार सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटलले राजधानीका हस्पिटलहरुले दिने सरह बिशिष्टिकृत सेवा दाङमै दिनेछ । स्थानीय स्तरका बिरामीलाई सहुलीयत, दयनीय आर्थिक अवस्था भएका बिरामीले पनि उपचारबाट बञ्चित हुन नपर्ने गरी सेवा दिने उनले जानकारी दिए ।

५ वर्षअधि निर्माण सुरु भएको यस अस्पतालको २०८१ असोज सम्म काम सक्ने योजना रहेपनि विविध कारणले गर्दा ६ महिना म्याद थप गरिएको थियो । हस्पिटलका सिईओ दिपक रोका क्षेत्रीले नयाँ सालको सुरुवातमै सम्पुर्ण काम पुरा गरेर उपचार सेवा सुरु गरिने बताए ।

नेपालको चिकित्सा शिक्षा ऐन अनुसार एमबिबिएस,बिडिएस अध्यापन गर्नका लागि ३ वर्षसम्म ३०० शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने प्रावधान छ । सोहि अनुसार ३ वर्ष बिएससी नर्सिङ, बिएनपिपिएस,बिएमएलटी, लगाएतका विषयहरु अध्यापन गराईने र ३ वर्षपछि मात्रै एमबिबिएस,बिडिएस अध्यापन हुने सिईओ क्षेत्रीले जानकारी दिए ।

अस्पतालको सञ्चालक समितीको अध्यक्ष प्रतिष्ठित मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल हुन । उनले कोहल्पुरमा नेपालगज मेडिकल कलेज भैरहवामा युनिभर्सल मेडीकल कलेज पेखरामा गण्डकी मेडिकल कलेज र नेपालगजमा सन्जीवनी कलेज अफ मेडिकल साइन्सेज सन्चालनमा ल्याइसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय