
काठमाडौं । सुनको मुल्यमा तोलामा १४ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ ।