काठमाडौं । गरिमा विकास बैंकले ‘थ्रीडी सेक्योर ई–कमर्स सेवा’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यले नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
‘थ्रीडी सेक्योर ई–कमर्स सेवा’को सुवातसँगै अब यस विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्महरूमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने बैंकले जनाएको छ ।
उक्त सेवा लिनका लागि यस बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरूले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्स सुविधा सञ्चालन गर्न सकिने बताइएको छ । ‘थ्रीडी सेक्योर ई–कमर्स सेवा’बाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस बैंकमा रजिस्टर गरिएको मोबाइल नम्बरमा ओटीपी नम्बर जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने बैंकको दाबी छ ।
बैंकले नविनतम डिजिटल बैकिङ मार्फत लामो समयदेखि आफ्ना ग्राहकहरुलाई सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।