पुन : फैलियो लस एन्जलसमा आगो, १९ हजारले फेरी छाडे घर

२०८१ माघ १०, बिहीबार १५:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । लस एन्जलसको जङ्गलमा पुनः आगो सल्केको छ । आगलागीका कारण त्यहाँबाट हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । शहरबाट ४५ माइल टाढा रहेको स्थानमा आगलागी भएको हो ।

यो आगो कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको बीबीसीले उल्लेख गरेको छ । उक्त स्थान नजिकै धेरै आवासीय क्षेत्रहरू रहेको समाचारमा उल्लेख छ । तीव्र हावा र सुक्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिएको छ ।

समाचारमा जनाइए अनुसार यो पछिल्लो डढेलोले हासम्म कसकैको घरमा क्षति पुर्‍याएको भने छैन । तर, करिब १९ हजार जना भने उक्त स्थान छाड्न बाध्य भएका छन् । अमेरिकाको क्यालिफोर्नियामा अग्नि नियन्त्रकहरू अझै पनि डढेलो नियन्त्रण गर्ने प्रयासमा छन् ।

यसअघि यो क्षेत्रमा लागेको डढेलोका कारण आवासीय क्षेत्रका कयौँ आलिसान घरहरू ध्वस्त भएका थिए । आगलागीका कारण हालसम्म कम्तीमा २५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय