काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो। बुधबार प्रतितोला पाँच सय रूपैयाँ, बिहीबार प्रतितोला आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला आठ सय रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मुल्यमा पनि बृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य बिहीबारको तुलनामा प्रतितोला पाँच रूपैयाँ बृद्धि भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।