काठमाडौं । निर्माण व्यवसाय तथा अन्य विभिन्न व्यवसायमा आवद्ध महिलाहरु मिलेर नयाँ सेवामुलक सस्था स्थापना गरेका छन् । आर्थिक रुपमा महिलालाई सक्षम बनाउन तथा राज्यका महत्वपुर्ण क्षेत्रमा पनि महिला सहभागिता बढाउन सो सस्थाको स्थापना गरिएको हो । सस्थाको नाम पुर्वाधार व्यवसायी महिला महासंघ राखिएको छ । महासंघको सस्थापक अध्यक्षको रुपमा निर्माण व्यवसायी गीता शाही निर्विरोध निर्वाचित भएकी छन् ।
महासंघको संचालक समितिको अध्यक्षमा शाही, वरिष्ठ उपाध्यक्षमा शर्मिला भट्ट, उपाध्यक्षमा म्हेन्दो लामा, महासचिवमा होम कुमारी नेपाल, नितिगत उपमहासचिवमा हिरा लामा, आन्तरिक उपमहासचिवमा मोना खत्री रहेका छन्। त्यसैगरी सचिवमा मिना भण्डारी, कोषाध्यक्षमा इन्दीरा घिमिरे र सहकोषाध्यक्षमा इश्वरी अधिकारी फुयाल गरी नौ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
मुख्यतः राज्यका हरेक निकायमा महिला सहभागिता बढाउन, पूर्वाधार विकासको सम्वन्धमा नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारले समय समयमा लागू गर्ने नीति, नियम र सिद्धान्तलाई निर्माण व्यवसायीहरुको हितमा प्रतिपादन गर्न, संशोधन गर्न, कार्यान्वयन गर्न गराउन, निर्माण कार्यको सिलसिलामा तयार गरिने वोलपत्र, दरभाउ पत्र दस्तावेजहरुमा भएका अमेल एवं एकपक्षीय गर्तहरु हटाई नेपाल सरकार एवं अन्य सघ संस्था वा निकाय समक्ष सुझाव पेश गर्ने, विभिन्न गोष्ठी, सेमिनार, छलफल कार्यक्रम आदिको आयोजना गरी यस कार्यमा प्रभावकारी भूमिका निभाउन सहयोग गर्ने महासंघले जनाएको छ ।
विभिन्न देशका राष्ट्रिय, क्षेषीय तथा अन्तराष्ट्रिय स्तरका उद्योगीहरुको संघ महासंघ, निर्माण व्यवसायी महासंघ संस्था, संगठन एवं संघ, संस्था तथा निकायहरु समेतको सदस्यता प्राप्त गर्ने, पत निकायहरुसंग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने र अनुभव तथा विचारको आदान प्रदान द्वारा निर्माण व्यवसायीलाई दक्ष र प्रभावकारी बनाउने महासंघ अध्यक्ष शाहीले बताईन् ।
यस्तै पूर्वाधार विकासको सम्वन्धमा नेपाल सरकार प्रदेश सरकार र स्थानिय सरकारले व्यवसाय दर्ता ९इजाजत० नलिइ विभिन्न भौतिक सरचनाहरु निर्माण गरी रहेका व्यक्ती तथा समूहहरुलाई करको दायरामा ल्याउन पहल गर्नुका साथै घ वर्गको निर्माण व्यवसायी दर्ता प्रकृयालाई सहज वनाउन पहल गर्ने र एकजना यस संस्थाको प्रतिनिधि बैठकमा प्रतिनिधित्व गर्ने पनि योजना रहेको शाहीको भनाई छ ।
पुर्वाधार व्यवसायी महिला महासंघ मित्र गरेका प्रवाधार व्यवसायीहरुलाई प्रोत्साहित गर्न, कदर गर्न पुर्वाधार तथा निर्माण व्यवसाय क्षेत्रमा योगदान पुर्याउने
व्यक्तित्वहरुलाई पुरस्कार, प्रशंसापत्र, कदरपत्र प्रदान गर्ने तथा सम्बन्धित निकायमा सिफारिश गर्ने छ ।
पुर्वाधार व्यवसायी मार्फत सम्पन्न भएका निर्माण कार्यहरुको १ वर्ष मर्मत सम्भारका लागी नगदै पांच प्रतिशत वा बैंक ग्यारेण्टी रहने व्यवस्था छ तर उपभोक्ता समिति मार्फत हुने विकास निर्माण कार्यहर को निर्माण सम्पन्न भएपछि मर्मत सम्भार सम्बन्धी जवाफ देहीता नभएको विध्यामान व्यवस्थाको अन्त्य गरी उक्त समितिहरुलाई मर्मत सम्भारमा जवाफ देही बनाई करको दायरामा ल्याउन पहल गर्ने र गराउन सहयोग गर्ने पनि निर्णय भएको छ ।
नेपाल सरकारप्रदेश सरकार र स्थानिय सरकारले सार्वजनिक खरिद ऐन नियमावली सम्बन्धी जानकारी गराउन नेपाल सरकार निर्माण व्यवसाय प्रर्वद्धन तथा व्यवस्था कार्यान्वयन समिति तथा सघ सस्था संग सहकार्य गरी तालिम संचालन गर्ने , पुर्वाधार विकास संग सम्बन्धित विभिन्न निकाय, वितीय संस्थाहरु आदिवाट महिला निर्माण व्यवसायीहरुलाई सरकारबाट प्राप्त हुने सुविधाहरुमा अन्य क्षेत्रका महिलाहरुले पाए सरह आंरक्षण माग पनि अध्यक्ष शाहीले बताईन् ।
यस्तै पूर्वाधार विकासलाई पेशागतरुपमा विकास गरी नेपाल सरकारप्रदेश सरकार र स्थानिय सरकार भिः का निर्माण तथा पुर्वाधार व्यवसायीहरुलाई एकसूत्रमा बांधी तिनीहरुको व्यवसायिक हक, हितको संरक्षण गर्ने र महिला निर्माण व्यवसायीहरुको अधिलेख राखी निर्माण उद्योगको स्तर वृद्धी गर्न सहयोग गर्ने, सम्वन्धित निकायको स्वीकृत लिई विकास निर्माणको कामलाई स्वच्छ प्रतिस्पर्धा गराउदै लो बिडिङ गर्ने परिपाटीको अन्त्य गरी समयमानै गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरी पूर्वाधार विकासका काम सम्पन्न गर्न गराउन पहल गर्ने सहयोग गर्ने छ ।
पुर्वाधार व्यवसायी महिला महासंघ संस्थावाट सदस्यता प्राप्त सदस्यहरुको पीर मर्का, गुनासोहरु सम्बन्धित निकाय सम्म पुस्याई व्यवसायीहरुको अधिकतम् हक र हितका लागि संभाव्य सम्पूर्ण उपायहरु अवलम्बन गर्न सहयोग गर्ने, पुर्वाधार व्यवसायी महिला महासंघ प्रदेश ७७ ओटा जिल्ला समन्वय समिति, ७५३ ओटा स्थानिय संस्था गरि ८३८ साथै ६७४३ बडाहरुमा शाखा संचालन गर्ने छ ।
पूर्वाधार विकासको सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारले निर्माण उद्योग क्षेत्रको उत्थान एवं विकासका लागि स्वदेशी निर्माण व्यवसायीको सीप तथा दक्षता अभिवृद्धि गर्न र विभिन्न किसिमका जनशक्ति उत्पादन तथा प्रशिक्षण गर्न संस्था ऑफैले वा कुनै संस्थाहरुसँग समन्वय गरी तालिम दिने अन्य यस्तै सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गरी प्रशिक्षण पनि दिनेछ ।
अहिले काठमाडौं उपत्यकामा भएका महिलाहरुबाट महासंघ संचालनमा ल्याएपनि अब तीव्र रुपमा प्रदेश र जिल्ला संघहरु गठन गर्ने अध्यक्ष शाहीले बताएकी छन्। शाहीका अनुसार तत्कालका लागि महासंघले केही कार्यक्रमहरुको तयारी समेत गरिरहेको छ।