मंगलबार सुनको भाउ स्थिर, चाँदीको मुल्यमा भने बृद्धि

२०८१ पुष ९, मंगलवार १२:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा बृद्धि भएको छ । सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।

सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय