सामाजिक सुरक्षा भत्ताबारे प्रावधान : सदुपयोग गर्नेलाई सम्मान,दुरुपयोग गरे सजाय

२०८१ कार्तिक ३०, शुक्रबार १५:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले स्वेच्छाले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेमा त्यस्ता नागरिकलाई सरकारले सम्मान गर्ने व्यवस्था गरेको छ । सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १२ (क) तथा सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १५ का अनुसार स्वेच्छाले सामाजिक सुरक्षा भत्ता नलिने नागरिकलाई सम्बन्धित स्थानीय तहले सम्मान गर्ने व्यवस्था गरेको हो । साथै ऐनको दफा २२ र २३ अनुसार झुटा विवरण पेश गरि सामाजिक सुरक्षा भत्ता लिएको पाईएमा पनि १२० दिनभित्र कारवाही गर्ने कानुनी व्यवस्था गरिएको छ ।

गतल विवरण पेश गरि सामाजिक सुरक्षा भत्ता लिएमा, सामाजिक सुरक्षा भत्ता दिलाउन गलत सिफारिस गरेमा, कानुन विपरित भत्ता लिएमा अथवा भत्ता वापतको रकम दुरुपयोग गर्ने कसुर गरेमा सजायको व्यवस्था गरिएको हो । यस किसीमको कसुरजन्य गर्ने कार्य उपर सम्बन्धित स्थानीय तहको न्यायीक समितीमा उजुर गर्न सक्ने र मुद्धा दर्ता भएको मितीले १२० दिनभित्र कारबाही र किनारा गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

सामाजिक सुरक्षा ऐन २०७५ को दफा २५ ले सामाजिक सुरक्षा भत्ता सम्बन्धमा अन्य प्रचलित कानुन समेतका आधारमा मुद्दा चलाई कारबाही गर्न सक्ने व्यवस्था गरेको हुनाले कानुनी व्यवस्थाको पुर्ण पालना गरि मर्यादित तथा सुरक्षित जीवनयापन गर्न र अपराधमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने कार्यमा सहयोग पुर्याउन गृह मन्त्रालयले अनुरोध पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार