स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुई जना पक्राउ

२०८० चैत्र १९, सोमबार १५:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सर्लाही । प्रहरीले मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् ।

आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका–९ स्थित सडकबाट नगद १० लाख रूपैयाँ तथा ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने २ थान भौचरसहित र थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही नगरपालिका–९ स्थित उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय