१३ वर्षीया बालिका बलात्कृत, ३० वर्षीया युवा पक्राउ

२०८० फाल्गुन २०, आईतवार १३:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको हारोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय