चापाकोट नगरपालिकामा जारी निःशुल्क अप्रेशनसहितको आँखा शिविर (फोटोफिचर)

२०७९ फाल्गुन १७, बुधबार ०८:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पोखरा । स्याङ्जाको चापाकोट नगरपालिकाले नगरपालिका भित्रका विभिन्न वडाहरुमा निःशुल्क अप्रेशनसहितको आँखा शिविर सञ्चालन गरेको छ । चापाकोट नगरपालिका वडा कार्यालय ३, ४ र ५ को आयोजनामा फागुन १४ गतेदेखि सुरु भएको सो शिविर फागुन २० गतेसम्म जारी रहने छ ।

सो शिविरमा निःशुल्क अप्रेशनसहितको आँखा सम्बन्धी सम्पुर्ण उपचार गरिएको चापाकोट नगरपालिका वडा ४ का वडा अध्यक्ष अर्जुन खाँणले जानकारी दिए ।

नेपाल सरकार डिएक फाउन्डेसनका जापानिज नागारिक, काजुमासा काकिमि (ओके बाजी) र चापाकोट नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुर पाल्पाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् तस्विरमा :

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार