काठमाडौं । राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नम्वाङले मनोनयपत्र दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जना प्रस्तावक र योगेशसहित ५ जना समर्थक छन् ।
उम्मेदवारी दिनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ, एमाले सचिव योगेश भट्टराई, जुली महतो निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। यसअघि एमालेको सचिवालय बैठकले सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
इलाम(२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनी पूर्वसभामुख पनि हुन्। २०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जितेका नेम्वाङ चार पटक सभामुख भइसकेका छन्। दुइटै संविधान सभामा उनी अध्यक्ष थिए। उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानूनमन्त्री बनेका थिए।
२०४८ सालपछि २ कार्यकाल राष्ट्रिय सभा र २०५६ देखि निरन्तर प्रतिनिधि सभामा रहेका नेम्वाङ एमालेभित्र सबभन्दा बढी संसदीय अनुभव भएका नेता हुन्।