कीर्तिपुरमा क्रिकेट हेर्नेको भिड  (फोटोफिचर)

२०७९ फाल्गुन ६, शनिबार १०:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आइसिसी विश्वकप लिग(२ अन्तर्गत नामिबिया, नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नामिबिया र नेपालबीचको खेल जारी छ। कीर्तिपुरमा भइरहेको खेलमा दर्शकहरूको उल्लेख्य सहभागिता छ। आज सार्वजनिक बिदा भएकोले पनि क्रिकेट हेर्नेको भिड बढेको हो।

अहिले नेपालले ब्याटिङ गरिरहेको छ। जारी खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार