काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
यसअघि चितवन(२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।