काठमाडौं । अर्थमन्त्री विष्णुपसाद पौडेलले संसदमा चालु आर्थिक वर्ष २०७९र०८० को बजेट समीक्षा प्रस्तुत गरेका छन् । समीक्षा मार्फत बजेटको आकार घटाएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटको आकार अस्वभाविक भएको भन्दै मध्यावधी समीक्षामार्फत बजेटको आकार घटाउने संकेत यसअघि नै गरिसकेका थिए। उनले समीक्षा प्रस्तुत गर्दै बजेटले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हाँसिल नहुने बताएका छन् ।
बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोडमा सिमित गरेका हुन् । गत जेठ १५ गते संसदमा १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट प्रस्तुत भएको थियो । यसअनुसार अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटेको हो । उनले राजश्व लक्ष्य पनि घटाएका छन् ।
यस्तो छ संशोधित बजेटका आँकडास्
(चालु आर्थिक वर्षमा रू।१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख खर्च हुने अनुमान गरिएकोमा रू।१५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख खर्च हुने संशोधित अनुमान गरिएको छ। यो रकम सुरु विनियोजनको ८६।४१ प्रतिशत हो ।
(चालुतर्फ रू।१० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख अर्थात विनियोजनको ८६।३७ प्रतिशत, पुँजीगततर्फ रू।३ खर्ब १३ अर्ब ८५ करोड १६ लाख अर्थात विनियोजनको ८२।५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू।२ खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात विनियोजनको ९३।०५ प्रतिशत खर्च हुने अनुमान छ ।
(चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट ९ राजस्व र आन्तरिक ऋण० रू।१३ खर्ब ४१ अर्ब, वैदेशिक अनुदानतर्फ रू।३८ अर्ब ४५ करोड ८३ लाख र वैदेशिक ऋणतर्फ रू।१ खर्ब ७० अर्ब ५३ करोड ९४ लाख खर्च हुने संशोधित अनुमान रहेको छ।